पोखरा – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार फेरेको छ । उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले अनिच्छा देखाएपनि उनलाई नै उपमेयर उठाइने भएको छ ।
यसअघि टिकट दिइएका दीपक पौडेल विरुद्ध चोरी आरोपको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । भिडियोले मेयरका उम्मेदवार पौडेललाई मात्र होइन, पार्टीमाथि नै प्रहार हुन थालेपछि पार्टी उम्मेदवार फेर्ने निर्णयमा पुगेको हो ।
एमालेभित्रै र बाहिर उनलाई कमजोर उम्मेदवारका रुपमा चित्रण गरिएको थियो । सत्ता गठबन्धनका उम्मेदवार अर्थात् एमालेबाटै बाहिरिएका नेकपा समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यकाे उम्मेदवारीलाई एमालेको यो निर्णयले सहज बनाइदिएको टिप्पणी समेत भएको थियो ।
मेयरका उम्मेदवार थापा अहिले गण्डकी प्रदेश सभा सदस्य हुन् । उनले अब राजीनामा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनुपर्ने हुन्छ । २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् थापा । उनको कार्यकाल सफल मानिन्छ । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।
उपमेयरमा भने पुनः मन्जुदेवी गुरुङ नै उम्मेदवार बनेकी छन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् । गुरुङले एमाले पोखरा महानगर कमिटीले पार्टीभित्र आन्तरिक उम्मेदवारी माग्दा इच्छा देखाएकी थिइनन् । मेयरमा समेत आकांक्षी थिइनन् ।
थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन् । यसअघि, उम्मेदवार चयन गरिएका पौडेल भने पार्टी वरियतामा मञ्जु भन्दा तल थिए । त्यसैले पनि वरियताका कारण उनको असन्तुष्टि हुन सक्छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो