पाेखरामा मेयर पदमा एमालेले दीपक पाैडेलकाे सट्टामा कृष्ण थापालाई उम्मेदवार बनाइरहँदा काँग्रेसले पनि उपमेयरमा सुरेन्द्रमान बिजुक्छेकाे स्थानमा काेपिला रानाभाटलाई अन्तिम अवस्थामा अघि सारेकाे छ ।
गठबन्धनबाट मेयर पद एकीकृत समाजवादीकाे भागमा परेकाेमा उपमेयर काँग्रेसले लिएकाे हाे । मेयरका उम्मेदवार धनराज अाचार्य र उपमेयर उम्मेदवार रानाभाटले मनाेनयन दर्ता गरिसकेका छन् ।
नेपाली कांग्रेस, कार्यसम्पादन समितिको निर्णयानुसार सभापति शेरबहादुर देउवाले पाेखराकाे उपमेयरमा बिजुक्छे र भरतपुरकाे उपमेयरमा चित्रसेन अधिकारीलाई सोमबार बिहान मात्र टिकट दिएका हुन् । तर, पछि सुरेन्द्रमानकाे स्थानमा काेपिलालाई टिकट दिएर मनाेनयन दर्ता गरेकाे हाे । सुरेन्द्रमान पोखरा महानगर सभापति हुन् ।
सत्ता गठबन्धनबीच भरतपुरको मेयर माओवादी केन्द्र र पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । उक्त सहमति अनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रले रेनु दाहाल र पोखरामा एकीकृत समाजवादीले धनराज आचार्यलाई उम्मेदवार बनाइसकेका छन् । तर, कांग्रेसभित्र भने भरतपुर र पोखरा महानगरको मेयर अन्य दललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो