पोखरा । गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काँग्रेस कार्यकर्ताले गण्डकी प्रदेश कार्यालयमा तोडफोड गरेका छन् आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । त्यसअघि, माटेपानीमा भएकाे पत्रकार सम्मेलन तथा घाेषणापत्र सार्वजनिक समाराेह विथाेल्न उनीहरूले गेटमै ताला लगाएर नाराबाजी गरेका थिए । सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारकाे घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रम घण्टाैँ विथाेलेका थिए ।

उनीहरुले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापामाथि कालोमोसो दल्ने धम्कीसमेत दिएका थिए । कास्की सभापति किशाेरदत्त बराललाई कार्यक्रम स्थलमै प्रवेश गर्न दिएनन् ।
काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।तोडफोडमा उत्रिएका २३ जना कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
काँग्रेसले यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको थियो । तर, अहिले गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो