पोखरा । अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले चाहेको चुनाव चिह्न ‘लौरो’ नै मिलेको छ । उनले शनिबार बिहानमात्रै उक्त चुनाव चिन्ह ईच्छा जनाएर प्रचारप्रसारमा लागेका थिए । यद्यपी, नियमानुसार बेलुकी ५ बजेपछि मात्रै आधिकारीक रुपमा निर्वाचन कार्यालयले चिन्ह प्रदान गरेका हो ।
पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए लगत्तै आन्दोलित बनेका थिए । उनको समूहले मूख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर दबाबमुलक प्रदर्शन गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेललाई लौरो चिह्नको आश्वासन दिएकोे तर पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिएका थिए । अन्ततः उनलाई लौरो चिन्ह नै दिइएको छ ।
स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिएका थिए । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ । पोखरामा स्वतन्त्र उम्मेदवार २ जना मात्र छन् । पोखरामा स्वतन्त्र उम्मेदवार ७ भन्दा बढी संख्यामा भए लौरो चुनाव चिह्न दिन सकिने अवस्था रहेको उनको भनाई थियो ।
वर्णानुक्रम ७ भन्दा पछिका चुनाव चिह्न बाँड्दा आवश्यकताबिनै ठूलो संख्यामा मतपत्र छाप्नुपर्ने र त्यसले असर पार्ने मूख्य निर्वाचन अधिकृतको भनाई अन्यथा होइन । तर, पोखरामा मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राख्दै आन्दोलित नै बनेपछि लौरो चिन्ह नै दिन बाध्य भएको छ ।
पौडेलले दलीय दादागिरीका कारण आफूले पाएको चुनाव चिन्ह लौरो खोस्न लागेको बताएका थिए । अटेरी आन्दोलनबाट त्रसित भएर राजनीतिक दलहरुले षड्यन्त्र गरेको र त्यसमा निर्वाचन आयोग फसेको पौडेलको आरोप थियो । उनले निर्वाचन अधिकृतको कार्यालयले गरेको व्यवहारले निष्पक्ष चुनाव हुनेमा आशंका उत्पन्न भएको बताएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयको गेटबाट उनले भने– ‘हामीमाथि धोका भएको छ । हाम्रो अपमान हुने काम भएको छ । हामीलाई सुरुमा चुनाव चिन्हको सूचीबाट किन छान्न लगाइयो ? पछि किन हटाउन खोजियो ? हामीमाथि एमालेले षड्यन्त्र गरेको छ । गठबन्धन दलले षडयन्त्र गरेको छ । हामी लौरो चिन्ह नलिई छोड्दैनौँ ।’
यसरी प्रश्न नै उठेपछि लौरो चिन्ह नै दिइएको छ । सिष्टम बसाउन अटेरी अभियान सुरु गरेको भनेका यी अभियानकर्मीहरुले प्राविधिक कुरामाथि षड्यन्त्र देख्दै आन्दोलित भएपछि अटेरी अभियानप्रति नै औंलो ठड्याउने पंक्ति पनि देखिएका छन् ।
काठमाण्डौमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पनि लौरी नै चुनाव चिन्ह रहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो