पोखरा । सोमबार राति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियारलाई मंगलबार राति कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । मापसे गरेका व्यक्ति हत्कडी लगाईसकेपछि भागेपछि कास्की प्रहरीलाई तनाव भएको थियो । २४ घण्टा प्रहरी उनलाई खोज्नमा व्यस्त थिए ।
सोमबार राति पस्र्याङबाट भागेका परियार माटेपानी गुम्बा साइडतर्फ गएर लुकेको र रात परेपछि मात्रै फिर्के पस्र्याङबाट बगालेटोल जाने बाटोको पुल मुनी परिचित मान्छेको सानो घरमा लुकिरहेको अवस्थामा मंगलबार राति १० बजे भेटिएको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
परिवारकै आग्रहमा नियन्त्रणमा लिन गएको बेला परियार हत्कडी सहित भागेका कारण अब उनलाई सार्वजनिक मुद्धा लगाइने तयारी गरिएको डिएसपी खत्रीले जनाए । रक्सी खाएर घरमा कलह र होहल्ला गरेका उनलाई सम्झाएर छाडिने तयारी गरेका बेला हत्कडी समेत गायब भएपछि झनै कारबाही भोग्नुपर्ने भएको छ ।
थुम्सीकोट, मादी ८ का १९ वर्षीय राजकुमार परियार आफ्ना दिदीभिनाजुसँगै प्रस्र्याङमा बस्दै आएका थिए । रक्सी खाएर पारिवारिक कलह गरेका कारण प्रहरीलाई गुनासो आएपछि टोली त्यहाँ पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले आफ्नै कोठामा तोडफोड गरिरहेको सूचना प्रहरीले दिएपछि सुरक्षाका लागि टोली त्यहाँ पुगेको जनाए । उनले नजिकै मकैबारी रहेको र ठूलो पानी परेका कारण पक्राउ परेका परियार भागेको बताए ।
डिएसपी कार्कीले गण्डकन्युजसँग भने ‘दिदी भिनाजुसँग बस्ने रहेछन् । रक्सी खाने गर्ने र खाएपछि होस गुम्ने परिवारले पनि बताउँछन् । घर भत्काउन थालेपछि दिदी भिनाजुले नै हामीलाई जानकारी गराएको हो । सुरक्षाका लागि टोली पुगेपछि लिन भ्यान पनि गयो, त्यतिबेलासम्म उनलाई हत्कडी लगाइएको थियो । त्यो ठाउँमा मकैबारी रहेछ, पानी परेको बेला पारेर भागिहाल्यो । हामी जसरी नि नियन्त्रणमा लिन्छौं ।’
उनले आफ्नै घरमा तोडफोड गरेको र अरु कसैको उजुरी नपरेको जनाउँदै कुनै पनि अपराधिक व्यक्ति भागेको भगाएको जसरी समाचारहरु आइरहेकोमा आपत्ति जनाए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला