पोखरा । बैशाख ३० गते हुने स्थानीत तह लागि मत माग्न एमाले उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । पोखरा महानगरका प्रमुख र उपप्रमुख सहित ३३ वटै वडामा एमालेले घरदैलो र कोणसभा मार्फत जनतासंग मत मागेको छ ।
एमालेले सोमबार महानगरका तीन वटा वडामा मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ सहित वडामा घरदैलो कार्यक्रम गरेको छ । पोखरा वडा नम्व ५, १८ र ७ मा सोमबार वडाका टिमसंगै घरदैलो र कोण सभामा सम्पन्न गरेको छ ।
कोण सभामा बोल्दै एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले महानगरका प्रवाह गरिने सेवालाई सह बताउदै आर्थिक रुपमा सम्पन्न महानगर बनाउने प्रतिबद्धता ब्यक्त गरे। उनले नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि अनलाई प्रणालीको व्यवस्था गर्ने बताए । ‘सेवा सुविधा लिन अब लाइन हैन, अनलाईनबाटै सेवा प्रदान गरिने व्यवस्था मिलाउने छौँ’ – उनले भने, ‘विगतमा अगाडि बढाएका योजनालाई पुरा गर्नेछौँ ।’
उपप्रमुखका प्रत्यासी मञ्जुदेवी गुरुङ पहिलो कार्यकालमा धेरै काम गरेको र केही योजना अधुरा रहेकाले त्यसलाई पुरा गदै समृद्ध पोखरा बनाउने बताइन् । ‘२०७४ सालमा मलाई मत दिएर विजयी गराउनुभयो’ – उनले भनिन् – ‘यहाँहरुको मतलाई सदुपयोग गदै पोखराको समृद्धिको खाका तयार गरेका छौ, अव यस पटक विजयी भए पुरा गर्ने छौँ । त्यसैले फेरी विजयी गराइदिन सवैलाई आग्रह गछौँ ।’
घरदैलो कार्यक्रम अन्र्तगत मंगलबार पोखरा १५, १७ र २२ मा घरदैलो गरिने एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै