चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

chatyang photo

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।

बुधबार साँझ लिखु गाउँपालिका–८ टारकेराबारीमा स्थिानीय ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर मृत्यु भएको छ।

देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए।

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोसी अस्पताल रामेछाप पठाएको थियो।

उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ