पोखरामा आइतबार पाँच दलीय गठबन्धनले विशाल चुनावी आमसभा गर्ने भएको छ । पाँच दलीय गठबन्धनले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आइतबार पोखराको अमरसिंह चौरमा विशाल चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ ।
चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकालिने गठबन्धनले जनाएको छ । विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरूले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।
चुनावी सभामा शीर्ष नेताहरूले गठबन्धनको औचित्यबारे प्रस्ट्याउने काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले चुनावी सभा ऐतिहासिक हुने बताए । ‘एकल रूपमा गर्दा पनि सभा भव्य हुने गर्थ्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौँ’–उनले भने । उनले यो चुनावी सभाबाट पाँच दलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो