चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरीले कुटे श्रीमती

चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरीले कुटे श्रीमती

kutpit1

बैतडी । बैतडीमा चुनाव प्रचारमा गएको भन्दै म्यादी प्रहरीले श्रीमतीमाथी निर्घाट कुटपिट गरेका छन्।

दशरथचन्द नगरपालिका– ८ का ३० वर्षीय जय महरले चुनाव प्रचार प्रसारमा गएको भन्दै श्रीमती २९ वर्षीया धाना महरलाई कुटपीट गरेका हुन्।

नेकपा एमालेबाट वडा नं. ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँले सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै महरले श्रीमतीलाई कुटपीट गरेका हुन्।

श्रीमानको कुटाईबाट घाईते भएकी धना महरलाई जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ। तीन छोरीसहित उनी अहिले अस्तालमा छिन्।

वैशाख २३ गते शुक्रबार मदिरा सेवन गरी कुटपीट गरेको र भोलिपल्ट बिहानसमेत कुटपीट गरेपछि गाउँलेले अस्पताल पुर्‍याएको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds