पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धनले छरेका भ्रममा विश्वास नगरी एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
मंगलबार मादी ४ तारकाङमा आयोजित एमालेको चुनावी सभामा बोल्दै नेता अधिकारीले आफूहरुले गरेको काम र ल्याएका योजनामा विपक्षी पार्टीकाले दाबी गरेकाले त्यसमा विश्वास नगर्न मादीवासीलाई आग्रह गरेका हुन् ।
‘एमाले कांग्रेसजस्तो होइन । एमाले जति भन्छ त्यति गर्छ । भनेकोभन्दा बढी गर्न सक्छ । गाउँगाउँमा बाटो बनाएका छौँ । रातो किताबमा बजेट हाल्ने हामी हौँ । तर, मैले बनाएँ भन्ने भाइबहिनीका नक्कली कुरा नसुन्नुहोला,’ अधिकारीले मतदातालाई आग्रह गरे । मादीका १२ वटै वडा एमालेले जित्ने अधिकारीले दाबी गरे ।
सूर्यमा भोट हालेर मत सुरक्षित गर्न अधिकारीले मतदातालाई आग्रह गरे । ‘गठबन्धन एउटा पार्टी, एमाले एउटा पार्टी हो । शिरदेखि तिरसम्म सूर्यमा भोट हाल्न पाइन्छ, कतै खोज्नै पर्दैन । खोज्दै कता हालौँ भन्नै पर्दैन । सूर्यमा छाप लगाएपछि मतको सुरक्षा पनि हुन्छ,’ अधिकारीले भने ।
कार्यक्रममा मादी ४ को पाँच वर्षका काम समावेश गरिएको पुस्तक नेता अधिकारीले सार्वजनिक गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै