पोखरा । पार्टीले उठाएको उम्मेदवार जिताउन आफू निरन्तर खट्दा पनि चरित्र हत्या गर्ने षड्यन्त्र भएको भन्दै एमाले केन्द्रीय सदस्य राजिव पहारीले आपत्ति प्रकट गरेका छन् ।
यही ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनिक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
उनले कसैका केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिएर गरिएका क्रियाकलापहरूप्रति घोर भर्त्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफूसँग सम्बन्धित नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित अडियो रेकर्डमा असम्बन्धित मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार वा जानकारी सम्प्रेषण नगर्न पनि आग्रह गरे ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका पहारीले षड्यन्त्रको हल्ला फिजाउँन सक्रिय हुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेका छन् ।

यसअघि, एमाले कास्कीले पनि अडियो प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’