आशिष पुरी । पोखराको जिरो किमीदेखि सिर्जनाचोक, सभागृहचोक हुँदै विपीचोकसम्म साइकल लेन बनाइएको छ । हरियो, पहेँलो रंगको थर्माे प्लास्टिक पेन्ट लगाएको देख्दा सडक छेउ आकर्षक पनि देखिन्छ । तर, साइकल लेनमा साइकल होइन, अरु सवारी नै पार्क गरेको देखिन्छ ।
लगभग साढे २ किलोमिटरको साइकल लेन अन्तिम चरणमा पुगेको छ । साईकल सिटी पोखराको पहलमा पोखरा साइकल लेन निमार्ण समिति नै गठन गरी काम थालिएको हो ।
पोखरा महानगरपालिकाको ३० लाख र उपभोक्ता समितिको पाँच लाख ३० हजार गरी जम्मा ३५ लाख ३० हजार बजेटमा साइकल लेन निर्माण गरिएको समितिले जनाएको छ । साइकल लेनले पोखरालाई थप आकर्षक बनाउनुको साथै साईकल यात्रीका लागि सडकमा अधिकार स्थापित भएको समितिका सचिव जय गुरुङ बताउँछन् ।
साइकलमैत्री सहर निर्माण गर्ने महानगरपालिकाको पहल र दिगो शहरी गतिशीलतामा पनि यसले सहयोग गर्ने विश्वास गरिएको छ । साइकलयात्री उत्साही छन् । तर, यसको उपयोगका सवालमा भने चिन्ता थपिएको छ ।
अहिले सामाजिक संजालमा साइकल लेनहरूमा पार्क गरिएका ट्याक्सीहरू र निजी सवारीहरूको फोटो र भिडियोहरू देखिन थालेको छ । उनीहरूले लेनमा साइकल चालकहरूको विशेष पहुँच सुनिश्चित गर्न असफल भएकोमा मोटर चालक र अधिकारीहरूको आलोचना समेत गरेका छन् ।

साइकल प्रयोगकर्ता एवं सामाजिक अभियन्ता तिर्थ राज अवस्थी यस लेनलाई स्वयं साइकलयात्रीले उपयोग गर्नेमा शंका व्यक्त गर्छन् । उनको स्पष्ट धारणा छः – ‘साइकल लेन एउटा ठूलो पहल हो तर चीजहरू अव्यवहारिक पनि छन् । हामीकहाँ जेब्राक्रसमै त गाडी पार्क गर्छन् । त्यो सानो लेनलाई कसले महत्व देओस् ? साईकल चलाउनेले नै त्यहाँबाट के चलाओस् । यसतर्फ सचेत गराउन सकिएन भने बजेटको सही सदुपयोग हुँदैछ । बारले बारेको लेन हुन पर्यो अनि बल्ल पो साइकल कुदाउँछन त, गाडी नै कुद्ने रोडमा हरियो कलर लगाएर कसरी साइकल लेन भो ?’

अवस्थीले आफूले ट्राफिक प्रहरीमा पटकपटक गुनासो गरेको बताउँदै लेनमा सधैं कुनै न कुनै सवारीसाधन पार्क गरिएको भेटिएको बताए ।

साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्य भन्छन्ः – ‘साइकल सिटी पोखराले २०७१ देखेको परिकल्पना हो साइकल लेन । म साइकल लेनमा नै गुडाउँछु । तर लेनमा कुनै न कुनै सवारीसाधन पार्क गरिएको हुन्छ । तर, हामी सबैले सचेत गराउँदैछौँ । ट्राफिक प्रहरी र महानगरमा पटकपटक गुनासो गरिसकेका छौँ । अब साइकल लेनमा बोर्ड पनि राखेर मानिसहरु लाई सचेत गराउँदै जाने योजनामा छौँ । लेनको आवश्यकतालाई पनि मध्यनजर गर्दै सम्बन्धित निकायले गृहकार्य अघि बढाउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो