गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेपाली कांग्रेसले पनि पोखरा महानगरपालिकाको २ वटा वडाको पुनः मतगणनाको माग गरेको छ। कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय कास्कीलाई निवेदन पठाएको हो ।
दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। वडा नम्बर १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी भएकी छन्। प्रधानले एक हजार १४५ ल्याउदा कांग्रेस उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत पाएकी थिइन्।
यस्तै, वडा नम्बर १७ मा ८३ मत अन्तरले एमालेकी राधिका शाही विजयी भएकी छन्। शाहीले दुई हजार ६२५ र कांग्रेस उम्मेदवार देवराज आचार्यले दुई हजार ५४२ मत पाएका थिए।
यसअघि नेकपा एमालेले वडा नम्बर १८ र ३१ को मतपरिणाम अस्विकार गर्दै पुनः मतगणनाको माग गरेको थियो । एमालेका प्रतिनिधि मतगणनामा सहभागी हुन नमान्दा अहिले मतगणना नै स्थगित भएको छ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग