पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार दिउँसो पदभार ग्रहण गर्दैछन् । त्यसअघि, पूर्वान्ह १० बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले नवनिर्वाचित पदाधिकारीहरूको घोषणा सभा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहण पोखरा सभागृह हलमा गराउँदैछ ।
नवनिर्वाचित मेयर आचार्यले पदभार ग्रहण गर्दा चार वटा निर्णय गर्ने खुलाएका छन् । गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले गर्ने पहिलो निर्णयको जानकारी गराएका हुन् ।
उनले पोखराको जिरो किलोमिटरदेखि हल्लनचोकसम्मको डेढ किलोमिटर डिभाइडरमा फूल रोपेर आफ्नो कार्यकाल सुरु गर्दैछन् । ‘हामी मेयरसहित वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिले कम्तिमा एउटा फूल रोप्ने छौं । त्यसपछि पदभार ग्रहण गर्ने छौं,’ उनले भने, ‘भोलि दिउँसो दुई बजेपछि हामी मत दिने–नदिने सबैका हौं ।’
मंगलबार निर्वाचित भएपछि धनराजले केही सरप्राइज दिने पनि बताएका थिए । उनले बुधबार पहिलो चार निर्णय खुलाएका छन् । उनले भनेको सरप्राइज निर्णय तेस्रो नम्बरमा हुनेछ । किनकि उनले मंगलबार पत्रकारसँगको कुराकानीमा तेस्रो निर्णयबारे खुलाएनन् । तर, बुधबारको कार्यक्रममा उनले आफूले गर्ने चारवटै निर्णय सार्वजनिक गरेका छन् ।
उनले गर्न लागेका निर्णयः
१ जन्म, विवाह मृत्यु दर्ता ६ महिनाभित्र गर्दा पनि निःशुल्क । हाल ३५ दिनको समय रहन्छ ।
२ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेर संघ सरकारलाई लेखी पठाउने ।
३ पोखरा चिनाउने कुनै योजना अर्थात् ‘सिम्बोल अफ पोखरा’ बनाउन आह्वान गर्ने । उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार । यसका लागि एक महिनाको समय हुनेछ ।
४ ट्राफिक व्यवस्थापनका लागि प्रस्ताव मागेको र त्यसलाई अगाडि बढाउने ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो