पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरी पैसाको खोलो बगाएर चुनाव जितेको आरोप लगाएका छन् ।
नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार आयोजना गरेको विजय ¥याली अवसरमा चुनावी प्रचार कमिटी संयोजकसमेत रहेका पार्टी उपमहासचिव गुरुङले सो आरोप लगाएका हुन् ।
‘पाँचदलीय सत्ता गठबन्धनले राज्य सत्ताको दुरुपयोग गरेको छ । पैसाको खोला बगाएको छ । पोखराको कुनाकुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर निर्वाचन परिणाम उल्टाउने काम गरेको छ,’ उनले भने, ‘दोस्रो, तेस्रो दलहरुले जुन मोर्चा कसेर हाम्रो पार्टीविरुद्ध घेराबन्दी गरी पैसाको खोलो बगाएर चुनाव जित्ने प्रपञ्च गरे, त्यसको गम्भीर समीक्षा हुनु जरुरी छ ।’
स्थानीय तह निर्वाचनमा नेकपा एमालेको पक्षमा उभार आएकोमा मौन अवधिमा सत्तागठबन्धनले टोटल्ली परिवर्तन गर्ने काम गरेको उनको दाबी छ ।
एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवार (कृष्ण थापा) हार्दा आफूहरु दुखी भएको उल्लेख गर्दै उनले उपमेयर (मञ्जुदेवी गुरुङ) ले जित्दा भने पुरानो विरासत जोगाउन सफल भएकोमा कार्यकर्तालाई सान्त्वना दिए । ‘मेयरको उम्मेदवार पराजित हुनु भएको छ । पार्टीको तर्फबाट सहानुभूति व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘उपमेयर उम्मेदवार अत्यधिक मतले चुनाव जित्नुभएको छ । पोखराको नगगरसभामा हाम्रो बहुमत प्राप्त भएको छ । ३५ सदस्यीय कार्यसमितिमा हाम्रो १८ जना हुने छन् । त्यसको नेतृत्व कमरोड मञ्जुदेवीले गर्नुहुनेछ ।’
देशका अन्य ६ प्रदेशको तुलनामा गण्डकीमा विगतमा झैं ३५ बढी पालिकामा चुनाव जितेर आफूहरुले पुरानो विरासत कायम गर्न सकेको उनको भनाइ छ । उनले अब शासक नभई जनताको सेवक भएर काम गर्नुपर्ने सुझाव पनि दिए । ‘जहाँ जहाँ शासक बनेर काम भयो, त्यहाँ गुमायौं । जहाँ सेवक भएर जनताको सेवा गरियो, त्यहाँ चुनाव जित्यौं,’ उनले भने । उनले कतिपयले ठाउँमा आफूहरुको कमी कमजोरी भएकोमा स्वीकार्दै चुनावी नतिजाको गम्भीर मूल्यांकन जरुरी रहेको बताए ।
उम्मेदवार चयन गर्ने बेलामै गल्ती गरेका छौं कि अब समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने । उनले हारमा आत्तिने र जित्दा मात्तिने काम गर्न नहुने पनि सुझाए ।
पोखराको मेयरका प्रत्यासी कृष्ण थापाले जसले गल्ती गर्यो, त्यसको एक एक हिसाबकिताब हुने बताए । उनले आफूलाई मत दिने सम्पूर्ण मतदाता एवं सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।
एमाले पोखरा महानगर कमिटीले पोखराको सहिदचोकदेखि सुरु गरेको विजय ¥याली सभागृह हलमा पुगेर समापन भएको थियो । कार्यक्रमको अध्यक्षता एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो