पोखरा महानगरपालिका वडा नं -१५ का नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं – १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरण बहादुर बानियाँ, खुल्ला सदस्यहरु आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतिमाया गुरुङ र दलित महिला सदस्य मन्दिरा परियारको पदस्थापना गरिएको हो ।

पदस्थापना कार्यक्रम पश्चात आयोजित निवर्तमान जनप्रतिनिधिहरुको विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित वडा अध्यक्ष तोरण बहादुर बानियाँले मतदान गरेर आफूहरुलाई निर्वाचित गराउने सम्पूर्ण वडावासी लाई धन्यबाद दिए । उनले पदस्थापनाको पहिलो दिन दुई वटा निर्णय गरिएको बताउँदै पहिलो वडामा रहेका सार्वजनिक जग्गाहरुको वास्तविक लगत निकाली अधिकरण भएका जग्गालाई संरक्षण गर्ने र दोस्रो वडामा रहेका विभिन्न शिशु स्याहार केन्द्रलाई आवश्यकता हेरेर आधारभूत विद्यालयको रुपमा विकास गर्ने बताए ।
बानियाँले वडा नं –१५ लाई हाम्रो वडा, राम्रो वडा र सु-व्यवस्थित नागरिक बसेको वडा बनाउन मन वचन र कर्मले लाग्ने बताए। यसका लागि वडावासीको साथ र सहयोगको खाँचो रहने उल्लेख गरे।

उनले जनतासँग घरदैलोमा गरिएका प्रतिवद्धतालाई आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै पूरा गर्ने बताए । निर्वाचित भएपछि आफू शाशक नभएर जनताको सेवक भएको बताउँदै वडाको विकासका लागि यहाँका सम्पूर्ण राजनीतिक दलहरु, वुद्धिजिबी र समाजसेवीसँग राय सुझाव लिँदै अगाडि बढ्ने प्रतिक्रिया दिए । उनले राजनीतिक पूर्वाग्रह नराखी खबरदारी गर्न पनि आग्रह गरे।
कार्यक्रममा वडा नं –१५ का टोल विकास संस्था, आमा समुह, समाजसेवी तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु