पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो दिन ३ निर्णय गर्दै पदभार सम्हालेका छन् । उनले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।
न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने भएका छन् । बिहीबार पदभार ग्रहण गर्दै मेयर आचार्यले वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने घोषणा गरेका हुन् । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुनेछ ।
पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई लिखित आग्रह पठाउने अर्को निर्णय गरेका हुन् । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने आचार्यले योजना सुनाएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन ।
पोखरा चिनाउने कुनै योजना अर्थात् ‘सिम्बोल अफ पोखरा’ बनाउन आह्वान गर्ने अर्को निर्णय भएको छ । बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिइने मेयर धनराजले बताए । यसका लागि एक महिनाको समय हुनेछ ।
`अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरामा पनि त्यस्तै बनाउने छौँ,´ मेयर धनराजले भने, `त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।’
एमालेका कृष्णबहादुर थापालाई हराएर गठबन्धनबाट एकीकृत समाजवादीका आचार्य मेयर निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए