पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो दिन ३ निर्णय गर्दै पदभार सम्हालेका छन् । उनले न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।
न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने भएका छन् । बिहीबार पदभार ग्रहण गर्दै मेयर आचार्यले वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने घोषणा गरेका हुन् । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुनेछ ।
पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई लिखित आग्रह पठाउने अर्को निर्णय गरेका हुन् । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाउने आचार्यले योजना सुनाएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन ।
पोखरा चिनाउने कुनै योजना अर्थात् ‘सिम्बोल अफ पोखरा’ बनाउन आह्वान गर्ने अर्को निर्णय भएको छ । बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिइने मेयर धनराजले बताए । यसका लागि एक महिनाको समय हुनेछ ।
`अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरामा पनि त्यस्तै बनाउने छौँ,´ मेयर धनराजले भने, `त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।’
एमालेका कृष्णबहादुर थापालाई हराएर गठबन्धनबाट एकीकृत समाजवादीका आचार्य मेयर निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’