पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लार्जुङको खोँचमा दुर्घटनामा परेको छ।
बिहान करिब ९ः५५ मा पोखरा विमानस्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को–पाइलटमा रुकुमका उत्सव पोख्रेल थिए।
फिलिपिन्सबाट अध्ययन सकाएर नेपाल आएलगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको पहिलो वर्ष बित्न पाउँदा–नपाउँदै दुर्घटनामा परे। उनी आफ्नो परिवार मात्र नभएर त्यस नगरपालिकाको लागि पनि उदाहरणीय युवा थिए। कारण उनी त्यस क्षेत्रको पहिलो पाइलट हुन्।
करिब एक वर्षदेखि को–पाइलट भएर उडान भरिरहेका उनी आज तारा एयरको विमान दुर्घटनामा परेका हुन्। रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर–३ का उत्सव परिवारका कान्छा छोरा हुन्।
शिक्षण पेशामा आवद्ध उनका बुवाआमा यतिबेला जाजरकोट र दाङमा छन्। उत्सव पाइलट बनेपछि आफू पनि पाइलट बन्ने सपना बुनेर उनका दाजु त्यसैको अध्ययन गर्दैछन्। उनीसहित सो विमानमा रहेका अन्य २१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
सम्बन्धित समाचारः
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’