पोखराको सिर्जनाचोकमा आमाछोरी आज (बुधबार) मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र उनकी छोरी सोनिका मृत अवस्थामा फेला परेका हुन् ।
मध्यान्ह पौने १२ बजेतिर चितवन रत्ननगर नगरपालिका १३ घर भएकी ३६ वर्षीया शुशिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् भने ७ वर्षकी छोरी ओछ्यानमै मृत भेटिएकी हुन् । शुशिलाले पंखाको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको र छोरी विस्तारामा मृत अवस्थामा रहेको खबर स्थानीयबाट प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । शुशिलाको माईती भारत रहेको पनि प्रहरीले बताएको छ ।
आमाछोरीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने डिएसपी तिवारीले बताए ।
४० बर्षिय सञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमती सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ । बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो । शुरुमा बच्चालाई विष खुवाइएको जस्तो र त्यसपछि सलले घाँटी कसेर मारेको देखिने श्राेत बताउँछ । संजय कामको शिलशिलामा पोखरा बाहिर रहेका बेला घटना भएकाे हाे ।
पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले बताएका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो