संसदमा गंगा चौधरीकाे प्रश्र- मन मिलुन्जेल प्रेम, नमिले बलात्कार ?

संसदमा गंगा चौधरीकाे प्रश्र- मन मिलुन्जेल प्रेम, नमिले बलात्कार ?

ganga-chaudhari

काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा महिला सांसदले नै यसको विरोध गरेकी छन् । एमाले सांसद गंगा चौधरीले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा र नायक पल शाह प्रकरणको उदाहरण दिंदै उनले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् । उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६-६ महिनासम्म जेलमा कोचियो ।
सांसद चौधरीले नायक पल शाहको विषयमा पनि यही अवस्था सृजना भएको उनले दाबी गरिन्। चौधरीले भनिन् – ‘जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने, आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ? यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ