काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा महिला सांसदले नै यसको विरोध गरेकी छन् । एमाले सांसद गंगा चौधरीले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र नायक पल शाह प्रकरणको उदाहरण दिंदै उनले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् । उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६-६ महिनासम्म जेलमा कोचियो ।
सांसद चौधरीले नायक पल शाहको विषयमा पनि यही अवस्था सृजना भएको उनले दाबी गरिन्। चौधरीले भनिन् – ‘जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने, आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ? यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन