पोखरा । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् ।
हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् ।
बिहीबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको सुनाए ।
पोखरा महानगरपालिका वडा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम हरुको समेत सहभागिता रहने छ ।
प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए ।
विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आगामी असार ४ गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी निकै तिव्र रुपले अघि बढिरहेको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए ।
प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाएपनि क्लबको आर्थिक अभावका कारण प्रतियोगिता सञ्चालन गर्न सकेको थिएन । क्लबका अध्यक्षका अनुसार २ वर्ष कोरोनाले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउँदा सहयोगदाता पाउन निकै कठिन भएको हो ।
क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्यक रहेको छ । कास्की जिल्ला लिग च्याम्पियन समेत हो । हेम्जा युनाइटेडले हेम्जाबाट अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुद हवको रुपमा विकास गर्न पहल गर्ने योजना समेत बनाएको छ । क्लबका अध्यक्ष कुवरँले प्रतियोगिता संचालनका लागि आफुहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्न समेत अपिल गरेको छ ।
प्रतियोगितालाई चौधरी ग्रुपको नेपाल आईस वियरले मुख्य प्रायोजन गरेको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’