पोखरा । पोखराका मेयर धनराज आचार्यलाइ अटेरी अभियानले सुझावमुलक मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर मायाको चिनो हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाइ बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए । ‘पोखरा महानगरपालिका प्रमुखको रुपमा पदभार ग्रहण गरि सकेपछि मेयर साबले एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएका योजनालाई हामीले लिस्ट बनाएर दिएका छौं । ताकि उहाँलाई आफ्नो चुनावी बाचा सम्झिन सजिलो होस्,’ उनले भने ।
काम गर्नु र गरि रहनुमा फरक रहेको बताउदै कार्कीले अभियानको तर्फबाट सफल कार्यकालको शुभकामना दिएको बताए । महानगरपालिका बनाउनका लागि अभियानले सिर्जनात्मक दबाब दिइ रहने उनले बताए ।
आगामी संघ र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारलाई एकजुट बनाउन अभियानका परिकल्पनाकार गनेस पौडेल देश दौडाहामा निस्केका छन् । देश व्यापी छलफल पछि स्वतन्त्र उम्मेदवारको समुह बनाउन पहल गरिने कार्कीले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो