खोलाले बगाएर शिक्षिकाको मृत्यु

खोलाले बगाएर शिक्षिकाको मृत्यु

Nepali-Rivers-Water

नुवाकोट । नुवाकोटमा खोलाले बगाएर एक शिक्षिकाको मृत्यु भएको छ।

दुप्चेश्वर गाउँपालिका ६ की ३५ वर्षीया राधिका आचार्यको आज शुक्रबार तादी गाउँपालिका ४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा लडेर मृत्यु भएको छ।

तादी ४ पागेंपाखा भन्ने ठाउँमा आचार्य चढेको बा ९७ प ६९२५ नम्बरको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

आचार्य त्यस विद्यालयमा निमावि तहमा स्थायी शिक्षकाका रूपमा कार्यरत थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds