क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेम्जा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार हेम्जा स्थिति गौरीशंकर खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा प्रवेश गरेको हो ।
हेम्जा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगिताको चौथो मिनेटमा नै चर्चब्वाइजले पहिला अग्रता लिएको थियो । चर्च ब्वाइजका कप्तान मिलन राईले हेडमार्फत गोल गरे । चर्च ब्वाइजले फ्रिकिकमा गोल गरेको हो ।
त्यसको ३ मिनेट पछि एभिनियरले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सामेसामेले प्रहार गरेको बलले विवेक पौडेलको हातमा लागेपछि ७ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । एभिनियरका आनिसेले उक्त पेनाल्टीको सदुपयोग गर्दै सहजै गोल गरेका थिए । यस अघि छैटौं मिनेटमा एभिनियरका सामेसामेकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । २१ औं मिनेटमा एभिनियरले पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्न बाट चुक्यो । चर्च ब्वाइजका विवेकले नै एभिनियरका टिम्बाटिम्बालाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । नेल्सनले प्रहार गरेको उक्त फ्रिकिक निकै बाहिरियो । २९ औं मिनेटमा चर्च ब्वाइजका अञ्जन विष्टको हेडरलाई एभिनियरका गोलरक्षक कोभास्सिले उत्कृष्ट बचाउ गर्दा चर्च ब्वाइज अग्रता गर्न बाट चुक्यो । ४४ औं मिनेटमा अर्को अवसर खेर फाल्यो । आसिष चौधरीको पासमा कप्तान मिलनको प्रहारलाई पुनः गोलरक्षक कोभास्सिले बचाउ गर्दै गोल गर्ने अवसर विफल पारिदिए ।
खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा भने एभिनियर खेलमा हाबि भएको थियो । खेलको ५१ औं मिनेटमा चर्च ब्वाइजका दिनेश राजवंशीले एभिनियरका स्टेफनलाई लगाएपछि विवाद भएको थियो । मुख्य रेफ्री सन्तोष गुरुङले उनीहरु दुवैलाई रातो कार्ड दिएका थिए । त्यसपछि दुवैटोली १० खेलाडीमा सिमित भएका थिए । दोस्रो हाफमा चर्च ब्वाइजलाई निकै दबाबमा राखेको एभिनियरका लागि साङ्गले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । उनले ७६ औं मिनेटमा २ डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । एभिनियरले यस अघि एपिएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
जितसंगै एभिनियरले उपाधिका लागि आयोजक हेम्जा युनाइटेडसंग भिड्ने छ । आयोजक हेम्जाले क्वटरफाइनलमा विरगंज युनाइटेडलाई र सेमिफाइनलमा खुमलटार युथ क्ल्बलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । उपाधी भिडन्त भने शनिबार हुनेछ । विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’