पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले विभिन्न माग राख्दै पोखरामा वृहत हस्ताक्षर संकलन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरोध, भ्रष्टाचार न्यूनिकरण र अमेरिकासँग हुन लागेको एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) सम्झौताको विरोधमा पार्टीले हस्ताक्षर संकलन अभियान चलाएको हो । पोखरामा भएको यो अभियानका क्रममा करिब १६ हजार जनाले हस्ताक्षर गरेको पार्टीको दाबी छ ।
पोखराको अमरसिंहचोक, चिप्लेढुंगा र पृथ्वीचोकमा दुई दिन लगाएर हस्ताक्षर संकलन गरेको राप्रपपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । साथैऽ हस्ताक्षरको क्रममा हालै गण्डकी प्रदेश सरकारले बढाएको सवारी करको पनि विरोध गरिएको उनले जनाए । विभिन्न स्थानबाट दुई दिन लगाएर संकलन भएको हस्ताक्षर विहिबार पार्टीले मूख्यमन्त्री कार्यालयमा बुझाएको छ ।
मूख्यमन्त्री कार्यालयमा हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै पार्टीले तत्काल आफ्ना मागहरु पुरा गर्न सरकारसमक्ष आग्रह गरेको छ । ‘सरकारले जनतालाई सुविधा दिनुको साटो उल्टोे बोझ थप्ने काम गरेको छ । जुन कुरा व्यवहारिक छ्रैन । यस्ता जनतामारा निर्णयहरुको राप्रपा सँधै विरोध गरिरहन्छ ।’ राप्रपा कास्कीका अध्यक्ष गुरुङले भने ।
राप्रपा कास्कीले यसअगाडि पनि शान्तिपूर्र्ण रुपमा महंगी र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आईरहेको छ । ‘हामीले अहिलेसम्म जनताको सवाल र अधिकारको विषयमा शान्तिपूर्ण आवाज निरन्तर रुपमा उठाउँदै सरकारलाई खबरदारी गरिरहेका छौँ ।’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने–‘यद्यपि राज्यले हाम्रो मागको सम्बोधन गर्नेतर्फ उतिसाह्राे ध्यान दिईरहेको छैन ।’ राज्यले आफूहरुको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए आन्दोलनले फरक रुप लिन सक्ने पार्टीले जनाएको छ ।
सरकारले जनतामारा काम गरिरहने र आफूहरुको माग सम्बोधन नगर्ने हो भने आन्दोलनमा बल प्रयोग हुन सक्ने पार्टीले जनाएको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो