पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरपालिको शनिबारको ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा २ अर्ब बढी बजेट बढेको छ । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।
प्रस्तुत बजेटमा केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा २ अर्ब ६ करोड, शिक्षामा १ अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधातर्फ ४ अर्ब ५३ करोड खर्च व्यहोरिने छ । तीमध्ये सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट छ ।
बजेटमा खर्च व्यहोरिने स्रोतमा संघ सरकार अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड रहेको छ । साथै राजस्व बाँडफाँडबाट ३७ करोड ३७ लाख व्यहोरिने महानगर उपप्रमुख गुरुङले सार्वजनिक गरिन् ।
प्रदेश राजस्व बाँडफाँड १ करोड ४२ लाख रकम व्यहोरिने छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख न्युन हुन जाने देखिन्छ । जुन रकम चालु आवको अन्त्यमा बचत रकमबाट व्यहोरिने उपप्रमुख गुरुङले जनाइन् ।
बजेटका प्राथमिकतामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास रहेका छन् । यस्तै, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकासमा जोड दिइएको छ ।
शनिबार दिउँसो बजेट प्रस्तुत गर्ने क्रममा बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले बजेट पुस्तिका नै च्यातेर बिरोध जनाएपछि अबरुद्ध भएको थियो । पछि त्रुटी सच्चाउने सहमतिपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98549″ /]
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प