नवलपुरको देवचुली १७ निवासी कृष्ण चालिसे २० दिनदेखि सम्पर्कविहीन छन् । जेठ २३ गते घरबाट निस्केका उनी अहिलेसम्म घर फर्केका छैनन् ।
गाई फार्म सञ्चालन गर्दै आएका चालिसेले जेठ २३ गते २ वटा गाई पोखरास्थित भाइको घरमा लगेका थिए । परिवारका अनुसार उनी २४ गते बिहानै घर फर्केका थिए । ‘पोखराको देवरबाबुको घरमा दुई वटा गाई गाडीमा हालेर लैजानुभएको हो । भोलिपल्टै त्यही गाडीमा घर फर्कँदै हुनुहुन्थ्यो ।’ श्रीमती सरुले भनिन्– ‘चेक साट्न भन्दै गाडीबाट ओर्लेर बैंकतिर जानुभएको गाडीका ड्राइभर भन्नुहुन्छ । तर घर आउनुभएन ।’
चालिसेसँग १ लाख ९० हजार पैसा रहेको सरुले बताइन् । नारायणगढ सहिद चोकमा रहेको कृषि विकास बैंकको सीसीटिभी फुटेज हेर्दा ३ः१७ बजे चेक साटेर चालिसे बैंकबाट बाहिरिएका छन् । त्यसपछि उनी कहाँ गए कुनै पत्तो छैन ।
घर नआएपछि फोन गर्दा मोबाइल उक्त दिनदेखि नै अफ रहेको छ । प्रहरीलाई जानकारी गराएपछि कल डिटेल हेर्दा पनि तुरुन्तै मोबाइल अफ भएकाले अन्यत्र गएको बारे थाहा हुन नसकेको परिवार बताउँछ । परिवारसँग कुनै प्रकारको मनमुटाव नभएको पनि सरुले बताइन् ।
८ वर्ष दुबई बसेर नेपाल फर्केका चालिसे ४ वर्षअघिदेखि गाई फार्म सञ्चालन गर्दै आएका छन् । चालिसे बेखबर बन्दा परिवार चिन्तामा छ । सानी छोरी बाबाको अभावमा पिरोलिने गरेको सरु बताउँछिन् ।
कृष्ण चालिसेलाई देख्ने वा भेट्नेले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१००६७७१, ९८२१४१७५६५ वा ९८०४४९६०९३ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो