पोखरा । सर्वोच्च अदालतले आफ्नै आदेश विपरित फेवातालको मापदण्ड घटाउने भनि पोखरा महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
स्थानीय तहको निर्वाचन कै संघारमा पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले सर्वोच्च अदालतको आदेश विपरित फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर तोकेकोमा उक्त मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
बैठकले फेवातालसँगै वेगनास र रूपा तालको ५५ तथा अन्य साना तालहरूको २० मिटर कायम हुने गरी मापदण्ड घटाउने निर्णय गरेकोमा अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले जेठ ११ गते महानगरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
न्यायाधीश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले घटाएको मापदण्ड कार्यान्वयन नगर्न भनि सोमबार आदेश दिएको हो ।
सर्वोच्च अदालतले फेवाताल किनारको ६५ मिटर भित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न सर्वोच्चको निर्देशनात्मक आदेश दिदै १६ वैशाख २०७५ मा तालको मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो । तर, पोखरा महानगरपालिकाले त्यसको तीन वर्षपछि फेवातालको मापदण्ड ३० मिटर,रुपाताल र वेगनास तालको ५५/५५ र अन्य साना तालको मापदण्ड २०/२० मिटर निर्धारण गरेको थियो ।
सर्वोच्चको आदेशसँगै तत्कालका लागि फेवा तालको मापदण्ड पुनः ६५ मिटर नै कायम भएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो