मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष मिङमार ढोमा लामाले बजेट सार्वजनिक गरेका छन् । गाउँपालिकाले चालु खर्चतर्फ १० करोड १४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ २१ करोड २२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालु खर्चमा सङ्घ सरकारबाट राजस्व बाँडफाँटतर्फ रु चार करोड ३७ लाख ९९ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ पाँच करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ छ लाख ४८ हजार, गाउँपालिकाको आन्तरिक आयतर्फ २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
पुँजीगत खर्चमा सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ सात करोड १३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ दुई करोड ७० लाख रुपैयाँ, समपुरक अनुदान (विपद् व्यवस्थापन) तर्फ मस्र्याङ्दी नदी र ठाडो खोलामा ९तटबन्ध० तर्फ रु एक करोड ७० लाख, अन्य अनुदानतर्फ रु दुई करोड ९६ लाख ५७ हजार विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए