पोखरा। छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७८ को तयारी पुरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागेको छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा गरेको हो।
आगामी शनिबार दिउँसो ३ बजेपछि पोखरा सभागृहमा हुने उक्त समारोहमा विगतमा जस्तै लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष/ महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ७ विधामा अवार्ड तथा सम्मान गरिनेछ।
आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गर्ने जनाइसकेको छ। भट्टराईलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ।
मनोनयन सूचीमा परेकामा वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा, र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका शृष्टि जैशी र बक्सिङका शाहील लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा रहेका छन्। तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट एक जनालाई अवार्ड प्रदान गरिनेछ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालका अनुसार उत्कृष्ट वर्ष खेलाडी पुरुष – महिलाले tailg ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । भने, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघले नगद पैंतिस हजार र ट्रफी प्राप्त गर्नेछन्।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतका संघ संस्थाले सहयोग गरेका छन्।
अवार्ड समारोहलाई थप आकर्षण बनाउन गायक विनोद वानियाँ, सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, हाँस्यकलाकार युवराज भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिब्वाइजको बिबोइङ डान्स, गजल वाचन र डेमोस्ट्रेशन लगायतका प्रस्तुति रहने छन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला