पोखरा । खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पोखरा स्पोर्टस् अवार्डमा भलिबलकी अरुणा शाही र टेनिसका प्रदिप खड्का सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

पोखरा सभागृहमा शनिबार भएको अवार्ड समारोहमा शाही उत्कृष्ट खेलाडी महिला र खड्का उत्कृष्ट खेलाडी पुरुष घोषित भएका हुन्। उत्कृष्ट घोषित भएका दुबैले इलेक्ट्रिक स्कुटर र ट्रफी पाएका छन्।

यस्तै, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षक निरज थापा, उत्कृष्ट खेल संघ तेक्वान्दो र उत्कृष्ट खेल पत्रकारमा दिपक परियार घोषित भएका छन्। उनीहरुलाई नगद पैंतिस हजार र ट्रफीले सम्मान गरिएको छ।

यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्डबाट अग्रज बक्सिङ खेलाडी तथा होटल व्यवसायी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको छ। भट्टराईलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चाँदीको करुवा, ट्रफी, ताम्रपत्रले सम्मान गरेका हुन्।

अवार्ड समारोहमा गायक विनोद वानियाँ, सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, हाँस्यकलाकार युवराज भण्डारी तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रतिष्ठानको कल्चरल नृत्य र डेमोस्ट्रेशन लगायतका प्रस्तुति राखिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला