दलित महिला सदस्य झुण्डिएको अवस्थामा मृत फेला

दलित महिला सदस्य झुण्डिएको अवस्थामा मृत फेला

pic

खोटाङ । खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन्।

माइती तर्फका हजुरबुवाको मृत्यु भएपछि मंगलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् ।

नेपाली कांग्रेस लामीडाँडाका वडा सभापति समेत रहेकी मेनुजाका २ छोरी छन्।

उनका पति भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेका छन्।

मेनुजाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ