पोखरा । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ पत्रकार रुद्र श्रीस मगरलाई प्रदान गर्ने निर्णय भएको छ।
पत्रकार हुम बहादुर गुरुङको संयोजकत्वमा र सदस्यहरु दीपेन्द्र श्रेष्ठ, एम.बि आस्था मगर, जुना कुमारी गुरुङ र दिल प्रसाद गुरुङको छनौट समितिले श्रीसलाई सिफारिस गरिएको हो।
सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९मा अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषअध्यक्ष रमेश गुरुङ र मादि गाउँपालिका वडा नं १मा अध्यक्षमा निर्वाचित देवीजङ्ग गुरुङलाई पनि सम्मान तथा बधाई ज्ञापन कार्यक्रम रहेको छ।
सो कार्यक्रमलाई सफल पार्न बिना कुमारी थापालाई अतिथि सत्कार, मन प्रसाद गुरुङलाई मन्च व्यवस्थापन, सुशील श्रेष्ठलाई प्रचारप्रसार र दिल प्रसाद गुरुङलाई अर्थ समितिको संयोजकको जिम्मेवारी दिईएको छ। सो कार्यक्रम गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा, पोखरा नयाँबजार स्थित तमु धीं नेपालको सभाहलमा यही असार २९ गते हुनेछ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो