नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द छन् भने ३२औँ नम्बरमा शारदा प्रसाद चाैधरी छन् ।
दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर तथा चौथोमा उमाप्रसाद चतुरबेदीकाे नाम छ । पाँचौ नम्बरमा दानबहादुर कार्की छन् ।
रौतहटमा पत्रकारलाई लागु औषध राख्न लगाएर पक्राउ गरेको घटनामा मुछिएका सिद्धिविक्रम पनि एसएसपीमा बढुवाको सिफारिसमा परेका छन्। उनी आइजिपी धिरज प्रताप सिंहका आफन्त समेत हुन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरककी बालिका निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी दिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा परेका छन् । उनको नाम १८औँ नम्बरमा छ ।
गणेश चन्द सबैभन्दा सिनियर हुन्। उनका ब्याचका डिआइजी भइसकेका छन्। उनकी श्रीमती दुर्गा सिंह हालैको बढुवामा डिआइजीमा बढुवा भइसकेकी छिन्। निर्मलाको बलात्कार र हत्या केसमा निलम्बनमा परेर बढुवामा पछिपरेका दिल्ली बिष्ट यो पाली बढुवा सिफारिसमा अटाएका छन।


बढुवा सिफारिसमा अनुसन्धानबाट आएकाहरू हाबी
एसएसपी बढुवा सूचीमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरू हाबी देखिएका छन्। खुमबहादुर खड्का गृहमन्त्री हुँदा राजनीतिक रूपमा विभागमा भर्ती पाएकाहरूलाई पछि विवादित रूपमा नेपाल प्रहरीमा ल्याइएको थियो।
बढुवा सिफारिसमा परेकामध्ये २ नम्बरका शाह, तीन नम्बरका राठौर, ४ नम्बरका चतुर्वेदी, ९ नम्बरका जीवनकुमार श्रेष्ठ, ११ का ओमबहादुर राना, १९ नम्बरका मनोजकुमार यादव, २१ नम्बरका दीपेन्द्र घर्ती क्षेत्री, २३ नम्बरका दिलीपसिंह देउवा, २९ नम्बरका सुरेन्द्रबहादुर गुरुङ अनि ३२ नम्बरमा बढुवाको सिफारिसमा परेका शारदा प्रसाद चौधरी राअबिबाट नेपाल प्रहरीमा ल्याइएकाहरू हुन्।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’