पोखरा महानगरपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो ।
यसअघि, नेकपा एमालेले बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाे र वडाअध्यक्षहरुसँग छलफल नगरी याेजना बनाइएकाे भन्दै नगरसभा अवरूद्ध गरेकाे थियाे । गल्ती भएकाे भन्दै महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेपछि बजेट प्रस्तुत भएकाे थियाे । साे बजेटमा परिमार्जन गरेपछि अहिले सर्वसम्मत पारित भएकाे हाे ।
यसैगरी, नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो ।
लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् । समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन् । लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ ।
विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन् । सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंबाबहादुर खत्री चयन भएका छन् ।
नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९/८०–०८१/८२) पारित भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’