पोखरा । पोखराको बजेट पास भएको भोलिपल्टै मेयर धनराज आचार्यले पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार पंक्तिबाट प्रश्न आयो – काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराकाम मेयर किन छायाँमा परेको ?
मेयर आचार्यले जवाफ दिए –‘कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ विशेषगरी धरान र काठमाडौंलाई लिएर । यसमा मलाई तुलना नगरिदिनुहुन अनुरोध गर्दछु । त्यो नै काम गर्ने शैली हो भन्ने पनि होइन । कम्तिमा ५ वर्ष काम गर्ने भएपछि विधि, प्रक्रिया पु¥याएरै गर्नुपर्छ भन्ने मलाई लाग्छ । कहिले काहीँ चर्चाका लागि मात्रै काम गर्दा ‘उल्टो’ हुनपुग्छ । काम गरेको देखाउन मेयर दिनभरि खोलामा गएर गिटी कुट्दै बसेर हुँदैन । गिटी कुटेर मात्रै बस्ने भए अरु काम गर्न मेयरसँग कहाँ समय हुन्छ ? महानगरलाई सिस्टममा लगेपछि सबै हुने हो । र त्यसो भन्दै गर्दा उहाँ (काठमाडौं, धरान)का मेयरले चर्चाका लागि मात्रै काम गर्नुभएको छ भन्दिनँ ।’
मेयर आचार्यले फरक प्रसंगमा बोल्दै आफूले महानगरको काममा अवरोध पुग्ने खालको कार्यक्रम, उद्घाटन, सभा सम्मेलनमा नगएको पनि स्पष्ट पारे ।
उनले सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाएपनि पोखरामा अनाधिकृत रुपमा संरचना बनाएकाबाट राजश्व अशुल गरिने सुनाए । ‘पोखरामा तोकिएको भन्दाबढी उचाइमा संरचना बनेका छन् । उनीहरुको स्वीकृति नै पाएका छैनन् । अहिले नै क्रेन लगाएर भत्काउन पनि सम्भव छैन,’ मेयर आचार्यले भने, ‘तर सरकारले दिएको अधिकार प्रयोग गरेर हामी थुप्रै जरिवानास्वरुप राजश्व संकलन गर्न सक्छौं । अहिले तथ्यांक संकलन भइरहेको छ ।’
महानगरले सडकका खाल्डाहरु पुर्ने कामलाई तीव्रता दिएको बताउँदै उनले आवश्यक पूर्वाधार खरिद गर्न विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको बताए । उनले महानगरलाई सफा र फोहोरमुक्त बनाउनका लागि आवश्यक परेको खण्डमा बु्रमर खरिद गर्ने गरी योजना तर्जुमा गरेको उल्लेख गरे । मेयर आचार्यले उपत्यका नगर विकास समितिको पक्षमा जिल्ला अदालत कास्कीले फैसला सुनाएपछि ३५ दिने अल्टिमेटमसहित आफ्नो जग्गा संरक्षण गर्न डोजर चलाएको बताए ।
ल्याण्डफिल साइटलाई पोखरा ३३ को टिमुरफाटामा लाने भनिएपनि स्थानीयको अवरोध पछि महानगरले विकल्प खोजिरहेको आचार्यले बताए । उनले फोहोर व्यवस्थापनका लागि फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्ने उल्लेख गरे ।
उनले निर्माणाधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइट सार्नैपर्ने बताउँदै फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई केही समय मात्रै म्याद थपेको जानकारी दिए ।
मेयर आचार्यले आफूहरु अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको बताए । ‘हाम्रो पहिलो काम भनेको डाटा कलेक्सन हो, अहिले त्यसमा काम गरिरहेका छौं । देखिने गरी साउन १ गतेबाट काम हुन्छ,’ उनले भने ।
पोखरा महानगरको आगामी आर्थिक वर्षका लागि कूल बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रहेको छ । आइतबार नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको छ । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याएपनि महानगरले करको दर भने घटाएको हो ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस