गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पाेखरा । नेकपा एमालेको युवा संगठन र विद्यार्थी संगठनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै प्रदेशसभाको गेट अगाडि विरोध प्रदर्शन गरेका छन् ।
संसद बैठक सुरु हुनु अघि युवा र विद्यार्थीहरु भेला भएर धर्ना दिँदै नाराबाजी गरेका हुन् । राष्ट्रिय युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकी मुख्यमन्त्री, मन्त्री, सत्तारुढ दलका नेताहरुले आफन्तहरुको स्मृति कोष, फाउन्डेसनहरुमा बिनियोजन गरेको करोडौं रकम फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
अहिले प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले बजेटबारे उठेका विषयमा संसदमा जवाफ दिने कार्यक्रम छ । प्रदेशसभाको बैठक ११ बजे बोलाइएकोमा बिहानै १० बजेदेखि प्रदेशसभा घेराउ कार्यक्रम राखेको थियो । तर, प्रदर्शनले प्रदेशसभा बैठकको समय पछाडि धकेलियो ।
प्रदेशसभा सदस्यहरु गेटबाटै हिँडेर सभा भवन छिरेका थिए । प्रदर्शन जारी रहुन्जेल मुख्यमन्त्री, मन्त्रीहरु प्रदेशसभा पुगेनन् । आन्दोलित युवा, विद्यार्थीहरु उठेपछि मात्र उनीहरु प्रदेशसभा भवन पुगेका छन् ।
युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले जनताको ढुकुटीको ब्रह्मलुट मच्चाउने काँग्रेस नेतृत्वको गठबन्धन सरकार यही तरिकाले अघि बढे युवासंघले नछाड्ने बताए ।
अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले संसदिय छानबिन समिति बनाएर बुवा, आमा, श्रीमान्, जेठाजुका नाममा छुट्याइएको रकम फिर्ता गराउनुपर्ने बताए ।
यसअघि, हिजो अनेरास्ववियुले मुख्यमन्त्री, मन्त्री, नेताहरुका लागि एक रुपैंया सहयोग संकलन अभियान चलाएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो