पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …

गीतसंगीत

पोखरेली रियाजलाई काठमाडौंकी आरजुले माया गरेपछि …

रियाजकाे डेब्यू म्यूजिक भिडियाे

Reeyaz Aarju2

ब्युटीफूल गर्ल आरजुले रियाजलाई धेरै खोजिरहिन् तर के भेट्थिन् ? रियाज त पोखराका हुन् । उनले खोजिरहेको थाहा पाएपछि रियाज काठमाण्डौ हानिए । आरजुसँग भेट भयो । दुई दिनमै माया बसिहाल्यो । ‘जिन्दगी नै तिमीलाई भयो’ भन्दै भ्यालेन्टाईन अवसरकै छेकोमा एक भए ।

रियाजसँग बितेका पल मनमा सजाइराखेकी आरजुले याद आईदिँदा तस्वीर हेर्छु भनी भनिरहन्छिन् । उनले भेट वा फोनमा भनेकी भने होईनन्र । गीत मार्फत नै रियाजका बारेमा यस्ता प्रेमिल शब्द बोलेकी हुन् । कर्णप्रिय स्वर भएकी आरजु अधिकारीको हालै सार्वजनिक भएको रोमाण्टिक प्रेमगीत ‘खोजिरहन्छु’ गीतको भिडियोमा पोखरेली मोडल रियाज तिमिल्सिनाले आरजुसँगै स्क्रिन शेयर गरेका हुन् ।

भिडियोको निर्देशन अर्का युवा निर्देशक रुपेश थापाले गरेका हुन् । उनले नै खिच्नेदेखि भिडियो सम्पादन गर्न भ्याएका छन् । यति मीठो प्रेमिल गीत सञ्जित श्रेष्ठले लेखेका हुन् भने कम्पोज समेत उनैको हो ।

चर्चित एरेञ्जर ब्रिजेश श्रेष्ठले पर्फेक्ट एरेन्ज गरेका छन् । मेलोडियस रोमाण्टिक यो गीतको भिडियोको प्रस्तुतिकरण फोटो रिजालको हो । आरजु र रियाजलाई यति राम्रो देखाइदिन प्रतिज्ञा पौडेलकाे भूमिका छ ।

गोरो वर्णको उच्च कदका ह्याण्डसम रियाज पोखरा डेभिडफल्सका हुन् । रियाजलाई देख्नेले मोडल नै भन्छन् । साथीभाइले हिरो, मोडल भनेरै फुर्काउँछन् । त्यसैले उनी ग्ल्यामर दुनियाँमा क्रेजी छन् । आफ्नो डेब्यू काठमाण्डुबाटै गर्न पनि सफल भए । राम्रो र गुणस्तरयुक्त गीतमा मात्र अब ‘रेडी’ रहेको हाक्काहाक्की सुनाउँछन् ।

रिलमा भन्दा रियल लाईफमा रियाज झनै ‘पर्फेक्ट’ छन् । उनका निकट मित्र अशोक सेढाईं भन्छन् ‘सधैं साथीभाइसँगै हुन्छन्, साथीको लागि जहिले पनि जस्तोसुकै अवस्थामा पनि उनी ‘रेडी’ छन् ।’ अर्का मित्र सन्देश क्षत्रीले कुरा खोलिहाले – ‘सोझो छ । साथीभाइको लागि जे पनि गर्छ । साथीभाइले बुझेनन् भनेर ‘स्याड’ मान्छ । साथीभाइ र उसको विरुद्ध अफवाह फैलाउनेलाई बाँकी राख्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds