दसैँमा अरु भन्दा अझ मासुको कारोबार धेरै हुन्छ । दसैँमा खसी बोका तथा राँगाको बलि दिइने भएकाले धेरैले खसी बोका खरिद पनि गरिसकेका छन् । दसैँमा बलि दिने मात्र होइन मासु पनि धेरै खाइन्छ ।
तर यसरी मासु खाँदा ध्यान दिन सकिएन भने तपाईं परिवारसँगको रमाइलो जमघटमा भन्दा पनि अस्पतालमा जानु पर्ने हुन्छ ।
खानपानमा ध्यान नदिँदा हृदयघात हुने खतरा धेरै हुन्छ । चाडपर्वमा साथीभाइसँग र परिवारसँगको रमाइलोका क्रममा माछा मासुसँगै कतिले जाँड रक्सी पनि खाने हुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ । विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचाप भएका बिरामीले खानपानमा धेरै ख्याल गर्नुपर्छ ।
खसी र राँगाका मासुलाई रातो मासु भनिन्छ । यस्तो मासुमा कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ । चिल्लो, पिरो, नुनको मात्रा धेरै भएको परकारसँगै माछा मासु धेरै खादा रक्तसञ्चारमा उतारचढाव आउँछ । यस्तै साँदेको खानेकुरा खाँदा अझ आगोमा घिउ थपे जस्तै हुन्छ । कतिपयको त रक्ती खाने बानी हुन्छ । आफ्नो स्वास्थ्यको अवस्था नबुझी रक्ती खाँदा रगतमा संक्रमण हुने खतरा पनि उतिकै हुन्छ ।
कोलेस्ट्रोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ । एक पटक तेलमा तातेर र फेरि त्यहीँ तेलमा अर्को परिकार पकाउनु वा तार्नु हुँदैन । यसरी पकाएर खानु भनेको मन्द विष खाए सरह हो ।
यस्तै मासु पकाउनु अघि स्वस्थकर छ की छैन भनेर पनि ख्याल गर्नुपर्छ । स्वस्थकर मासु पनि पकाउने विधि सही भएन भने अस्वस्थ्यकर हुने खतरा हुन्छ । शरीरलाई स्वस्थ्य राख्न माछा मासुको परिकार थोरै खानुपर्छ भने जाँड रक्सी त नखाँदै राम्रो । माछा मासुसँगै जाँड रक्सी खाँदा रक्तचाप र कोलेस्टोर बढ्न सक्छ ।
माछा तारेर भन्दा पनि त्यसको झोल खाए स्वास्थ्यलाई फाइदा पुग्छ । तारेको माछाले फाइदाको साटो उल्टै घाटा गर्छ।
सम्बन्धित खबर
विश्व एड्स दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
मधुमेह र टिजी सित्तैमा जाँच
स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका