पोखरा, १६ कार्तिक / पोखरा महानगरपालिकाको बुधबार बसेको नवौँ कार्यपालिका बैठकले पोखरा सभागृह महानगर आफैले मर्मत गर्ने निर्णय गरेको छ ।
बैठकले पोखरमा सभागृह मर्मत सम्भार ठेकेदारमार्फत नभई आफैले गर्न अदालतले दिएको निर्देशन अनुसार वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ । समितिमा वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, ओम गौचन, वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला, ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य छन् । समितिले अध्ययन गरेर दिएको प्रतिवेदनका आधारमा सभागृहको मर्मत सम्भार हुनेछ ।
बैठकले महानगर भित्रका ढुंगा, गिट्टी बालुवाका विषयमा प्रक्रिया पूरा गरेकालाई ठेक्का दिने र नगरेकालाई नदिने निर्णय गरेको छ । महानगरको तालिम निर्देशिकाका विषयमा सुझाव दिन महानगरका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली र ६ का वडाध्यक्ष जगत पहारीलाई जिम्मा दिएको छ ।
बैठकले कर्मचारीको बढुवा तथा स्थायीका विषयमा निर्वाचन आचारसंहिता लागु भइसकेकाले अर्को बैठकमा निर्णय गर्ने भन्दै थाती राखेको छ । महानगरको निर्देशन अनुसार काम नगर्ने कर्मचारीलाई भने कारबाही गर्ने जनाएको छ ।

होर्डिङबोर्ड र सरसफाइका सम्बन्धमा आएको प्रतिवेदन अध्ययन गर्ने र अर्को बैठकले पास गर्ने जनाएको छ । बैठकले वडा नं. १८ सराङकोट स्थित भीमसेन दाहाल स्मृति पार्कमा राष्ट्रिय विभूति तथा शहीद पार्क निर्माण हुने भएको छ । उक्त पार्कमा ५७ रोपनी जग्गा रहेको र उपयुक्त स्थान भएको भन्दै उक्त निर्णय भएको बैठकपछि वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।
बैठकले महानगर स्तरीय खेलकुद सञ्चालन गर्न समिति गठन गरेको छ । वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुको संयोजकत्वमा गठन भएको समितिका १० का वडाध्यक्ष राजकुमार गुरुङ र २९ का अध्यक्ष चेतबहादुर गुरुङ सदस्य छन् । बैठकले व्रम्हकुमारी विश्व विद्यालयलाई एकीकृत सम्पत्ति करमा ८० प्रतिशत छुट दिने र २० प्रतिशत मात्र लिने निर्णय गरेको छ । घरजग्गा पास लगायतका कार्य छिटो छरितो बनाउन अर्को बैठकले निर्णय गर्ने महानगरले जनाएको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा उपमेयर मञ्जुदेवी गुरुङको पनि उपस्थिति थियो ।
Samadhan
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ