हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ ।
संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार गुरुङले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७ लाख ८१ हजार पाँच सय ६७ रुपैयाँ (३६०,८७३ हङकङ डलर) आम्दानी गरेको छ भने २५ लाख २८ हजार साठी रुपैयाँ (१९०,७९७ हङकङ डलर)खर्च भएको छ ।
आत्मासाक्षी राखी “मन बचन कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ स्थापित सहारा हङकङले जेठको तेस्रो साता सञ्चालन गरिएको तेस्रो सहारा साँझबाट बचत रकममध्ये १५ लाख रुपैयाँ सहारा एकेडेमी पोखरालाई सहयोग गर्ने उद्घोष गरेको छ भने पाँच लाख रुपैयाँ भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिक विद्यालयलाई भवन निमाणार्थ सहयोग गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङले तेस्रो सहारा साँझ सफल भएकोमा खुसी व्यक्त गरे । उनले हङकङ जस्तो व्यस्त शहरमा हुने अधिकांश कार्यक्रम असफल हुने बताउँदै सहारा हङकङले जति सहयोग रकम संकलन गर्न सक्यो त्यो निकै कठिन कार्यले सम्भव भएकोमा टिमलाई धन्यवाद दिए । साथै, उनले पव्लिकको रकम कत्ति पनि तलमाथि पार्न नहुने बताए ।

कठिन परिस्थिती एवं विपन्न वर्गका बालकहरुको सहयोगार्थ आयोजना गरिएको तेस्रो सहारा साँझ सम्पन्न गर्नको लागि कार्यक्रमको मुख्य प्रायोजकमा ईन्द्र बराह ज्वेलरी, सहआयोजकमा समाजसेवी तथा कानुन व्यवसायी देव गुरुङ, गोल्ड प्रायोजकमा सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुलसी कुमार गुरुङ र प्रायोजितमा तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (कान्छा)ले सहयोग गरेका थिए ।
कार्यक्रममा हङकङ सरकारबाट चिप एक्जुकेटिभ अवार्डबाट सम्मानित व्यक्तित्व सहारा क्लव हङकङका सल्लाहाकार तथा एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) लगायत सहारा हङकङलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
क्लवका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सरोज गुरुङ (खम ) र स्वागत मन्तव्य क्लवका उपाध्यक्ष तथा तेस्रो सहारा साँझ कार्यक्रमका संयोजक वृmष्णकुमारी गुरुङ (रेणुका ) ले गरेकी थिईन् ।
सम्बन्धित खबर
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
कम विद्यार्थी भएपछि भीरकोटमा विद्यालय संरचना फेरबदल
यो पनि पढौँ
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए