पोखरा / कलिलै उमेरमा श्रीमान बितेपछि पाँचजना सन्तानको पालनपोषणको जिम्मा उनको काँधमा आइपुग्यो । आफैले रोजेको खसम भारतीय थिए । नेपालमा जग्गा जमिन हुने कुरै भएन । गर्नु के ?
‘बिहान –बिहान साग बेच्न थालेँ, तर साग बोक्ने डोको पनि थिएन, ऋण पत्याउनु त परेको कुरा !’, पोखरा रामबजार निवासी जानु कपुरले अतित सम्झँदै भनिन्,‘बेस्सरी गाह्रो थियो, तरकारी बेच्ने तुलो काँटा पनि थिएन ।’
बिहान साग बेच्ने उनी दुई वर्ष पोखरा नयाँबजारमा आयोजना भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आइन् । नाच्न जान्ने जानुले उत्कृष्ट नृत्य प्रस्तुत गरे बापत एउटा खसी उपहार पाइन् । मेलामा दैनिक सहभागी भई उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई खसी उपहार राखिएको थियो ।
उनले खसी १३ हजारमा बेचिन् । ‘मैले खसी बेचेको पैसाले ढुकुटीको पैसा तिरेँ अनि त्यही पैसाले डोको, तरकारी जोख्ने तुलो काँटा पनि किनेँ ’, उनले थपिन्, ठूलो छोरो टायलको काम गथ्र्यो, उसलाई चाहिने सामान पनि जोडेँ ।’ अघिल्लो वर्ष पनि उनले नै खसी जितिन् । त्यो पैसा पनि व्यापारमै लगाइन् । ब्यापार चम्कँदै गयो । हिजो ५ हजार नपत्याउनेहरुले उनलाई तरकारीको डोको हेरेर नै १ लाख रुपैयाँसम्म पत्याउन थाले ।
अहिले उनी तरकारी र अण्डा बेचेर दैनिक एक हजारजति कमाउँछिन् । बैंकमा पैसा पनि राखेकी छिन् । उनले त्यो खसी उपहारले आफ्नो भाग्य नै बदलिएको बताउँदै भनिन्–‘अहिले मलाई सुखैसुख छ, शरीर पनि राम्रो भएको छ ।’ पोखरा उद्योग वाणिज्य संघले यो पटक पनि मेलामा उत्कृष्ट नृत्य गर्नेलाई एउटा ठूलो खसी उपहार दिने घोषणा गरेको छ । पहिले खसी जितेकी जानु अहिले पनि मेलामा सहभागी छिन् ।
सम्बन्धित खबर
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
रानीपौवामा निःशुल्क शिविर
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोर मृत फेला
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार