पोखरा / कलिलै उमेरमा श्रीमान बितेपछि पाँचजना सन्तानको पालनपोषणको जिम्मा उनको काँधमा आइपुग्यो । आफैले रोजेको खसम भारतीय थिए । नेपालमा जग्गा जमिन हुने कुरै भएन । गर्नु के ?
‘बिहान –बिहान साग बेच्न थालेँ, तर साग बोक्ने डोको पनि थिएन, ऋण पत्याउनु त परेको कुरा !’, पोखरा रामबजार निवासी जानु कपुरले अतित सम्झँदै भनिन्,‘बेस्सरी गाह्रो थियो, तरकारी बेच्ने तुलो काँटा पनि थिएन ।’
बिहान साग बेच्ने उनी दुई वर्ष पोखरा नयाँबजारमा आयोजना भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आइन् । नाच्न जान्ने जानुले उत्कृष्ट नृत्य प्रस्तुत गरे बापत एउटा खसी उपहार पाइन् । मेलामा दैनिक सहभागी भई उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई खसी उपहार राखिएको थियो ।
उनले खसी १३ हजारमा बेचिन् । ‘मैले खसी बेचेको पैसाले ढुकुटीको पैसा तिरेँ अनि त्यही पैसाले डोको, तरकारी जोख्ने तुलो काँटा पनि किनेँ ’, उनले थपिन्, ठूलो छोरो टायलको काम गथ्र्यो, उसलाई चाहिने सामान पनि जोडेँ ।’ अघिल्लो वर्ष पनि उनले नै खसी जितिन् । त्यो पैसा पनि व्यापारमै लगाइन् । ब्यापार चम्कँदै गयो । हिजो ५ हजार नपत्याउनेहरुले उनलाई तरकारीको डोको हेरेर नै १ लाख रुपैयाँसम्म पत्याउन थाले ।
अहिले उनी तरकारी र अण्डा बेचेर दैनिक एक हजारजति कमाउँछिन् । बैंकमा पैसा पनि राखेकी छिन् । उनले त्यो खसी उपहारले आफ्नो भाग्य नै बदलिएको बताउँदै भनिन्–‘अहिले मलाई सुखैसुख छ, शरीर पनि राम्रो भएको छ ।’ पोखरा उद्योग वाणिज्य संघले यो पटक पनि मेलामा उत्कृष्ट नृत्य गर्नेलाई एउटा ठूलो खसी उपहार दिने घोषणा गरेको छ । पहिले खसी जितेकी जानु अहिले पनि मेलामा सहभागी छिन् ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै