गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
वीरगञ्ज, २७ फागुन । पर्साको पटेर्वासुगौलीकी ८ वर्षीया बालिकालाई बलात्कार गर्नेमध्ये एक जना सार्वजनिक गरियो । यी सहित तीन जनाले बलात्कार गरेका थिए । बालिका अस्पतालमा उपचाररत छिन् । उनलाई १२ टाँका लगाउनुपरेको छ ।
बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका-४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भनी फकाएर जर्बजस्तीकरणी गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । ‘गाँजा खाएर मातिएका सुनिलले घाँस काटेर र्फकदै गरेकी बालिकालाई माछा दिन्छु भनेर प्रलोभन देखाई जर्बजस्तीकरणी गरेको रैछ । उसको लिंगमा पनि घाउचोट देखिएको छ । ‘ एसपी डा. रेग्मीले भने ‘उसले करणी गरेको स्वीकार गरिसकेको छ । बालिकाले पनि उसलाई पहिचान गरेकी छन् ।’
सुनिल विरुद्ध जर्बजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चिकित्सकहरुका अनुसार जर्बजस्ती करणीका कारण बालिकाको पाठेघरसम्म चोट पुगेको थियो । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शल्यक्रिया पछि थप उपचार काठमाडौंमा उपचार भइरहेको छ ।
बालिकामाथि गत फागुन १६ गते घर नजिकैको उखु बारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारपछि बालिका डरले घर पछाडि लुकेर बसेकी थिइन् । परिवारले खोजतलासको क्रममा भेटेर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते