काठमाडौं, २८ फागुन– सोमबार(आज) दिउँसो १२ बजे ‘ममि म प्लेन चढें’ भन्दै पाटनकी आसना शाक्यले आमा रुपालाई फोन गरिन् ।
पाटनकी रुपा शाक्य साढे १ बजेपछि छोरी लिनका लागि त्रिभुवन विमानस्थल पुगिन् । साढे २ बजे विमानस्लमा छोरीलाई लिन गएकी रुपा त्यतिखेर सितांग भइन् जुन समयमा विमानस्थलमा धुवाको मुस्लो उड्यो ।
आफ्नी छोरी विमानबाट ओर्लने समयमा विमानमा आगलागी भएको विमानस्थलबाट प्रस्ट देखेपछि उनलाई छटपटि भयो ।
केहीबेर विमानस्थलमा यताउति गरेकी रुपमा त्यतिबेला छांगाबाट खसेजस्तै भइन् जतिबेला समाचारहरुमा बंगलादेशबाट आएको विमानमा आगलागी भएको सूचना आयो ।
विमान दुर्घटनामा परेकालाई लिएर एम्बुलेन्सहरु अस्पताल तर्फ कुदेपछि उनी पनि त्यसतर्फ जान चाहन्थिन् तर कहाँ जाने ?
केही बेरमा उनले पत्ता लगाइन् घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।
त्यसपछि उनी त्यतै लागिन् ।
अस्पताल पुगिन् तर उनले छोरी भेट्न सकिनन् ।
अस्पतालले जारी गरेको घाइतेको नाममा उनको छोरीको नाम थिएन ।
रुपा छोरी भेटिने आशामा थिइन् । अरु घाइते कुन अस्पताल लगेको छ भन्दै उनी खोजी गर्दै थिइन् ।
यो समाचार तयार पार्दासम्म विमानमा रहेका चालक दलका सदस्यसहित ७१ जनाको नाममा आसना शाक्यको नाम थियो । उनको अवस्था बारे आमा र आफन्त चिन्तित थिए ।
-लोकान्तरबाट
सम्बन्धित खबर
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते