गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
‘प्लेन ल्यान्ड भयो। खुसीले मन ढक्क फुलेको थियो। एक्कासी ड्याङ्ग आवाज आयो। त्यसपछि होसमा आउँदा त मेरो एउटा खुट्टा चलिरहेको थिएन। प्लेनतिर हेर्दा धुवाँ आइरहेको थियो’, विमान दुर्घटनाबाट बच्न सफल भएर मेडिसिटी अस्पताल भैंसेपाटीमा उपचार गराइरहेका ट्राभल एजेन्ट केशव पाण्डेले भने।
अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका पाण्डेलाई मृत्युको नजिकैबाट गुज्रिएको त्यो समयको धमिलो सम्झना मात्रै छ। उनी भन्छन्, ‘प्लेन ठोक्कियो भन्ने महसुस हुँदै थियो, बेहोस भएछु। पछि होसमा आउँदा त म चौरमा थिएँ। माथिबाट पानी वा तेल केही खसिरहेको थियो।’
हेर्नुस् भिडियो:
त्यही समय उनको मनले त्यहाँबाट दौडिन भन्यो। उनी दौडिन खोजे, तर दाहिने खुट्टा सर्नै मानेन।
‘बाँचियो भन्ने खुसी फेरि दुःखमा परिणत भयो। प्लेनतिर हेरेँ, प्लेनमा धुवाँ पुत्पुताइरहेको थियो। अब प्लेन पड्किन्छ जस्तो लाग्यो।’
यत्तिकैमा उनले नजिकै सेना र अरु उद्धारकर्मीहरु दौडिरहेका देखे। उद्धारका क्रममा उनलाई उठाएर गाडीमा राखियो। त्यसपछि फेरि बेहोस भएका उनी नेपाल लाइभकर्मी अस्पताल पुग्दा भर्खरै होसमा आएका थिए। डाक्टरले उनको प्रारम्भिक उपचार र जाँच सकेका थिए।
‘प्लेन उपत्यका भित्रिएपछि आइपुगियो भन्दै सबै यात्रु खुसी भयौं। तर, प्लेन त विमानस्थलको धावनमार्ग क्रस गरेर अघि पो बढ्यो’, पाण्डेले दुर्घटना अगाडिको दृश्य सम्झिए।
उनका अनुसार, विमान अवतरण नभए पनि एकदमै तल झरिसकेको थियो। ‘कपन पुग्दा घर र रुख छोला जस्तो भएको थियो’, उनले भने, ‘मन केही आत्तिएको थियो। तर, प्लेन बुढानीलकण्ठ र बालाजुतिर घुम्दा केही माथि पुग्यो।’
उनले आफूसँगैको सिटमा रहेका व्यक्तिसँग भने– ‘प्लेन चक्कर लगाउन थाल्यो। पक्कै पनि त्रिभुवन विमानस्थलमा ट्राफिक जाम छ।’
उनीहरुले यति कुरा गर्दैगर्दा विमान एक फन्को लगाएर विमानस्थल नजिकै आइपुगिसकेको थियो। पाण्डेले बाहिर हेरे। विमान सधैं जताबाट ल्यान्ड हुन्थ्यो, त्यताबाट भएन। कोटेश्वरबाट नभई भक्तपुरतर्फबाट ल्यान्ड हुन लागेको उनले देखे। उनलाई लाग्यो, ‘जताबाट भए पनि ल्यान्ड भएपछि सुरक्षित अवतरण भइयो।’ मनमा एकखालको डर भने थियो, त्यसैले बाहिर हेरिरहेका थिए। प्लेन घाँसे मैदानतिर गइरहेको जस्तो लाग्यो। त्यसपछि उनको कानमा डरलाग्दो आवाज आयो–ड्वाङ्ग! उनी बेहोस भए।
दुर्घटनाको पूर्व संकेत न उनीसहितका यात्रुलाई थियो, न चालक दलले नै त्यस्तो संकेत गरे। उनीहरुको मनमा केही चिसो भने पसेको हुनुपर्छ, त्यसैले आकाशमा विमानले चक्कर लगाइरहँदा उनीहरुले दुर्घटनाकै विषयमा कुरा गरेका थिए।
उनले भने, ‘हामी धेरै जना प्लेनकै टिकट बेच्ने मान्छे थियौं। त्यसैले हामीलाई प्लेनका खराब पक्ष थाहा थियो। हामीले केहीबेर त्यसबारे छलफल गर्यौं। डर भने लागेको थिएन।’
दुर्घटनापछि विमानबाट आफू कसरी बाहिर निस्किएँ भन्ने उनलाई याद छैन। उनको अनुमान छ– कहीँ इमर्जेन्सी ढोका खुलेर बाहिर बजारिएँ कि?
दुर्घटनाको संकेत मस्तिष्कले पाउँदा उनको आँखामा ‘इमर्जेन्सी एक्जिक्ट’ लेखेको ढोकाको दृश्य नाचेको थियो। उनी भन्छन्, ‘म प्लेनको पहिलो नम्बरको सिटमा थिएँ। सँगै एकजना भाइ पनि थिए। मेरो सिट नजिकै इमर्जेन्सी ढोका थियो।’
विमानमा सवार बहुसंख्यकले ज्यान गुमाएको यस दुर्घटनामा उनी जोगिएका छन्। आफूसँगै अरु जोगिए कि जोगिएनन्? उनका आँखाले जिज्ञासा राखिरहेका थिए। हामीले केही बताएनौं। उपचारमा संलग्न डाक्टरले कुराकानी गर्न समय पुगेको संकेत गरेपछि हामी निस्कियौं।
अस्पतालको इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख डा सञ्जय कार्कीको समूहले विमानस्थलबाट आपतकालीन उद्धार गरी पाण्डेलाई अस्पताल पुर्याएको हो। अहिले उनको उपचारमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाको समूह सक्रिय छ। डा राणाका अनुसार उनको अवस्था खतरामुक्त छ। उनले भने, ‘उहाँको दाहिने खुट्टाको माथिल्लो भागमा फ्याक्चर छ।’
Nepal Live
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, गगन थापा भन्छन्ः कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु