कविता–’डाक्टरको नाममा’

कविता–’डाक्टरको नाममा’

niraj-dahal-800×445

आमा !
म सेतो कोट लगाएर
घरको आँगनमा उभिन चाहान्थेँ
तर, आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु
सबै सेतो रङहरूले खुसी नदिँदो रहेछ

बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें
त्यसैले, भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ

जमीन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन

म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए
उनीहरूलाई नेपाल यति धेरै मन परेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन्

मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले, मेरा बन्द आँखा मात्र देखे
मैले त चाहेर पनि हेर्न पाइन्
सायद, म हावा भएँ होला, महशुस मात्र भयो

म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा
म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?

सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए
अन्त्यमा, मैले आफैंलाई बचाउन सकिन

https://www.facebook.com/gandaknews/videos/793590207499900/

हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।

-निरज दाहाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds