तनहुँ । दमौलीमा दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी गाउँ बस्ने २६ वर्षीय बादल ग्वाला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत सोमबार नेपाल बैंकबाट पैसा निकालेर आएका व्यास नगरपालिका वडा नम्बर ७ का कृष्णबहादुर बसौला लाई पिछा गर्दै उनीहरुले बसौलाले बोकेको व्यागसहित रु १७ हजार चोरी गरेर भागेका थिए । उनीहरुले सुनियोजित रुपमा बसौलाको सर्टमा हिलो छ्यापी झोला चोरेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । झोला चोरी गरी फरार रहेका व्यक्तिलाई बजारमा जडान गरिएका सिसी क्यामेरामा कैद भएका भिडियोका आधारमा बुधबार साँझ साढे पाँच बजे पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाले चोरी गरेको स्वीकार गरेको र यसभन्दा अगाडि सोही तवरबाट विभिन्न जिल्लामा चोरी गर्ने गरेको बयान दिएका छन् । उनीहरु विरुद्ध तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चोरी अपराधमा प्रयोग हुने पेचकस, फलामे रड तथा नगद रु १५ हजार ६०० बरामद गरेको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?