पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले मातहतका ११ जिल्ला पार्टीहरुलाई सक्रिय पार्ने अभियान सुरु गरेको छ ।
पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाएर बैठक सुरु गरेको हो । त्यसक्रममा शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा गोर्खा संयोजन समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना भएको प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमले जानकारी दिए ।
प्रदेश संयोजन समितिले पार्टी जिल्ला संयोजन समिति कास्कीको बैठक आईतवार सम्पन्न गरेको सोमवार स्याङ्जाको बैठक आयोजना गरिने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज पृथ्बीसुब्बा गुरुङ तथा सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष पाण्डे र सचिव गोबिन्द नेपालीको समेत उपस्थितीमा हुने यस्तै बैठकहरु नवलपुरमा यही असोज २३, तनहुँमा असोज २४ तथा पर्वत, म्याग्दी , बाग्लुङ, र मनाङमा असोज २५ र लमजुङमा असोज २६ गते आयोजना हुनेछन् । मुस्ताङको मिति पछि तय गरी पार्टीको प्रदेश कार्यालयले जनाएको छ ।
अन्तरिम रुपमा बनेको पार्टीको समन्वय समितिलाई पार्टीका पुर्ववत् गतिविधि तलसम्म सञ्चालन गर्न प्रदेशका नेताहरुले निर्देशन दिएका छन् ।
नेकपा गण्डकी प्रदेशले प्रदेशका स्थानिय निकायहरुको काममा एकरुपता ल्याउनका लागि कार्तिक २२ गते सोमवार बिहान पार्टीको जिल्ला कार्यालय शान्ति बनबाटिकामा प्रदेशका सबै स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको भेला समेत आयोजना गरेको पार्टीका प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिए ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर