पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले मातहतका ११ जिल्ला पार्टीहरुलाई सक्रिय पार्ने अभियान सुरु गरेको छ ।
पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाएर बैठक सुरु गरेको हो । त्यसक्रममा शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा गोर्खा संयोजन समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना भएको प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमले जानकारी दिए ।
प्रदेश संयोजन समितिले पार्टी जिल्ला संयोजन समिति कास्कीको बैठक आईतवार सम्पन्न गरेको सोमवार स्याङ्जाको बैठक आयोजना गरिने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज पृथ्बीसुब्बा गुरुङ तथा सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष पाण्डे र सचिव गोबिन्द नेपालीको समेत उपस्थितीमा हुने यस्तै बैठकहरु नवलपुरमा यही असोज २३, तनहुँमा असोज २४ तथा पर्वत, म्याग्दी , बाग्लुङ, र मनाङमा असोज २५ र लमजुङमा असोज २६ गते आयोजना हुनेछन् । मुस्ताङको मिति पछि तय गरी पार्टीको प्रदेश कार्यालयले जनाएको छ ।
अन्तरिम रुपमा बनेको पार्टीको समन्वय समितिलाई पार्टीका पुर्ववत् गतिविधि तलसम्म सञ्चालन गर्न प्रदेशका नेताहरुले निर्देशन दिएका छन् ।
नेकपा गण्डकी प्रदेशले प्रदेशका स्थानिय निकायहरुको काममा एकरुपता ल्याउनका लागि कार्तिक २२ गते सोमवार बिहान पार्टीको जिल्ला कार्यालय शान्ति बनबाटिकामा प्रदेशका सबै स्थानिय निकायका प्रमुख र उपप्रमुखहरुको भेला समेत आयोजना गरेको पार्टीका प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ