पाेखरा, २४ आश्विन: चीनसँग नेपालले के मा प्रतिष्पर्धा गर्न सक्ला ? तर सक्यो । एउटै खेल क्रिकेटमा । आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकाल्नेक्रममा चीन नराम्राेसँग पछारियाे ।
आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो ।
चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए ।
चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन-तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे ।
चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो । एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ । जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ ।
चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु