अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा देखिएको चलचित्र ‘बुलबुल’ टीमले गीत रिलिज गर्न फरक शैली अपनाउने भएको छ ।
चलचित्रको पहिलो गीत रिलिज गर्न निर्माण टीमले ‘फ्ल्यास मोब’ शैली अपनाउने भएको हो । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन् । पाँच शहरमा एकसाथ चलचित्रको गीत रिलिज हुने भएको छ ।
लोकलयको ‘खुद्राखुद्री’ बोलको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौँ मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो ।
१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् । निर्माण टिमले जानकारी गराए अनुसार चलचित्रको गीत काठमाडौँ बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौँको काठमाडौँ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरूसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ । उक्कासी नाच्न थालेको देखेपछि त्यहाँ हरेकाहरु अचम्मति बन्नेछन् । यो शैली सम्भवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमै नौलो प्रयोग भएको निर्माणपक्षको बुझाई छ ।
भक्तपुरको हेलमेट डाँडामा पच्चिस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए । ‘खुद्राखाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।
गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खड्काको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?